हाइलाइट

बागमती प्रोस्कूनको सिइओमा पून: केशवप्रसाद दाहाल

बागमती प्रोस्कूनको सिइओमा पून: केशवप्रसाद दाहाल :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पून: केशबप्रसाद दाहाल नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत दाहालको साउन मसान्तमा ४ वर्षे कार्यकाल समाप्त भएको थियो । साउन १२ गते बसेको संचालक समितिको ३३ औं नियमित बैठकले दाहाललाई नै पूनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थप गर्ने निर्णय गरेको हो ।

सिइओ दाहाललाई संघका अध्यक्ष उद्धव सापकोटाले संघको आव २०८२ / ०८३ को लक्ष्य सहितको कार्य विवरणका साथ नियुक्तीपत्र प्रदान गरेका थिए ।
 



Leave a comment