बालकुमारी साकोसको कारोबार सवादुई अर्ब नाध्यो

बालकुमारी साकोसको कारोबार सवादुई अर्ब नाध्यो :: Sahakari Akhabar

काठमाडौं । मध्यपुर ठिमी भक्तपुरमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको कारोबार वृद्धि भएको छ । संस्थाको असार मसान्तको वित्तिय विवरण अनुसार संस्थाको कुल कारोबार सवादुई अर्ब नाघेको छ।

संस्थाले गत जेठ मसान्त सम्ममा २ अर्ब २१ करोड ३८ लाख २३ हजारको कारोबार गरेको थियो भने असार मसान्त सम्ममा २ अर्ब ३१ करोड २० लाख ४६ हजारको कूल कारोबार गरेको छ । त्यसैगरी १ अर्ब ८४ करोड ५९ लाख ९ हजार बचत संकलन रहेको संस्थामा १ अर्ब ९५ करोड ८५ लाख ४५ हजार बचत संकलन रहेको जनाएको छ ।

संस्थामा ७ करोड ९६ लाख ४९ हजार जेगेडा कोष र ७० लाख ४९ हजार अन्य कोषमा रहेको छ । त्यसैगरी संस्थाले लगानीमा समेत बृद्धि गरेको छ । संस्थाले गत जेठमा १ अर्ब ३३ करोड १० लाख २२ हजार लगानी रहेको थियो भने असार मसान्तमा १ अर्ब ४१ करोड २६ लाख ५२ हजार कूल लगानीमा रहेको जनाएको छ । संस्थामा १३करोड ७६ लाख ७३ हजार ८०० सेयर पूँजी ५ हजार ९५४ जना सदस्इ रहेका छन् ।



Leave a comment