काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा मुख्य कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले ब्याजदर परिवर्तन गरेको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई प्रदान गर्दैआएको बचत तथा ऋणको ब्याजदर घटाएको हो ।
संस्थाले बचत तर्फ मुद्धती बचत एक वर्ष अवधिमा प्रदान गर्दैआएको ७. ५० लाई ७ प्रतिशत, मुद्धती बचत एक वर्ष मुनिकोलाई ७ बाट ६.५० प्रतिशत र जेष्ट नागरिक तथा बाल बचत ७ बाट ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसैगरी कर्जा तर्फ अनुत्पादक कर्जामा लिंदैआएको १४ बाट १३. ५० प्रतिशत, लघु वित्त, ब्यापार ब्यवसाय कर्जा १२ प्रतिशत कायम गरेको छ भने नयाँ सरल उद्यमी कर्जा थप गरी ९.७५ प्रतिशत कायम गरेको छ । संस्थाको असार मसान्तको विवरण अनुसार संस्थामा २६ हजार २१८ जना सदस्य तथा ८ हजार २७४ जना ऋणी सदस्य छन् ।
संस्थामा २२ करोड ६ लाख ९५ हजार ५०० रुपैंयाँ सेयर पूँजी रहेको छ । त्यसैगरी २० करोड ७ लाख ८३ हजार ८३७ रुपैंया जगेडा कोष र अन्य कोषमा १ करोड ७० लाख २९ हजार ४९९ रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थामा १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९३ रुपैंयाँ बचत तथा १ अर्ब ६३ करोड २८ लाख ६४ हजार ८४७ लगानीमा रहेको जनाइएको छ ।
संस्थाको संस्थागत पूँजी २१ करोड ६ लाख ७२ हजार २८९ रहेको छ भने संस्थाको कूल सम्पति २ अर्ब ७१ करोड ९० लाख ५५ हजार ३५८ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जानकारी दिएका छन् । संस्थाका दैजी, झलारी, कृष्णपुर, बेलौरी, चाँदनी दोधारा, धनगढी, अत्तरिया, डढेल्धुरा र बैतडीमा सदस्य सेवाकेन्द्र रहेका छन् ।
Leave a comment