काठमाडौं । शान्तिगरमा मुख्य कार्यालय रहेको बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
साउन १७ गते शनिबार शान्तिनगरमा भएको कार्यक्रममा मुख्य कार्यालय अन्तरगतका तीज विशेष बचतमा आवद्ध सदस्यहरूका आयोजना गरिएको थियो ।
कार्यक्रममा संचालक समिति सदस्य एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने)को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाबियाखर्क साकोसकी शिक्षा उपसमिति सदस्य कल्पना खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।
उनले सहकारी संस्थाको गुणस्तर कायम गर्ने मुख्य जिम्मेवारी सदस्यहरुको हुने बताइन् । बाबियाखर्क साकोसले तीज बचतमा आवद्ध महिला सदस्यहरुका लागि आयोजना गरेको कार्यक्रमले संस्थागत तथा वित्तीय साक्षरताका विषयवस्तुहरुमा जानकारी गराई संस्कृति जगेर्ना गर्न समेत मद्धत गरेको बताइन् ।
संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले २०८२ सालको हरितालिका तीजको उपलक्ष्यमा शुभकामना दिनुहुदै वित्तीय साक्षरता आजको अपरिहार्य विषय भएकोले वचत र ऋण सदुपयोगीताका बारेमा सदस्यहरुले सिकेर ब्यवहारमा उतार्न पर्ने बताए ।
ऋण लगानी भन्दा पनि अशुलीको लागि अहिले सहकारी संस्थाहरुले समय धेरै दिन परेको भन्दै आगामी दिनका ऋण लगानीका बारेमा सकारात्मक अनुभब हाँसिल भएको बताए ।
उनले सदस्य सख्यामा भन्दा पनि क्रमिक प्रकृतिका बचतमा सदस्यहरुको सहभागीता बृद्धी गर्न गराउन र आगामी दिनमा सदस्यमुखी कार्यक्रमहरुमा सदस्यहरुलाई सहभागी गराई अझ सदस्य सक्रियता बढाउने बताए ।
कार्यक्रममा सहकारिता लगाएत वित्तीय साक्षरताका विषयवस्तुहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बल्देबकुमार पौड्यालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा १९५ जना सदस्यहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा तीज बिशेष बचतमा आवद्ध सदस्यहरु मध्ये सबैभन्दा बढी बचत गर्ने १ जना सदस्यलाई पुरस्कृत घोषणा गरिएको थियो । संचालक समिति सदस्य तारादेबी थपलिया (भेटवाल) ले संचालन गरेको कार्यक्रममा सदस्यलाई दर समेत खुवाइएको थियो ।
Leave a comment