हाइलाइट

कुम्भेश्वर महिला साकोसको १५औं स्थापना दिवस कार्यक्रम सम्पन्न

कुम्भेश्वर महिला साकोसको १५औं स्थापना दिवस कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ललितपुरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरि १५औं स्थापना दिवस मनाएको छ। संस्थाले स्थापना दिवसको अवसरमा सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरेको हो । सहकारी शिक्षा मार्फत सदस्यहरुलाई बचत र ऋणको महत्व बुझाउने उद्देश्यले विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको जनाएको छ।

संस्थाकी अध्यक्ष शान्तलक्ष्मी खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव सफलता खड्गीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा अध्यक्ष खड्गीले संस्थाको विगतदेखि हालसम्मको वित्तीय विवरणका साथै सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिइएकी थिइन् । उनले महिला बचत समुहमार्फत मासिक सय रुपैयाँ बचत गर्दै आएको र बचत ऋणको कारोबारलाई कानुनी मान्यता दिन केहि समयपछि सहकारी संस्थामा रुपान्तरण गरिएको बताइन् ।

२०६७ सालमा बचत समुहलाई तत्कालिन डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता गरी वित्तीय कारोबार गर्न सुरु गरेको १६ बर्ष लागेको ले बताइन् । उनले मासिक बचतलाई प्राथमिकता दिएकाले संस्थामा आवद्ध सदस्यहरुले नियमित रुपमा ३ सयदेखि एक हजारसम्म बचत गर्ने गरेको जानकारी दिइन् ।

अहिले संस्थामा मासिक बचतको हिस्सा ४ करोड ६२ लाख पुगेको छ । बजारमा सहकारीप्रति नकारात्मक सन्देश फैलिएको समयमा पनि सदस्यहरुले संस्थालाई विश्वास गरेर आजको अवस्थामा ल्याएको र असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति २० करोड पुगेको उनले जनाइन् ।

४ लाख ७२ हजार शेयर पुँजी र २५ लाख बचतबाट सुरु गरिएको संस्थाको आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तमा १ करोड २५ लाख शेयर पुँजी तथा १७ करोड ऋण लगानी पुगेको छ । संस्थाले सदस्यकेन्द्रीत लगानी गरेको र सञ्चालकहरुले घरजग्गा जस्ता कुनै पनि क्षेत्रमा लगानी नगरेको उनले बताइन ।

संस्थालाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरेका कारण सदस्यको विश्वास बढेर गएको भन्दै उनले २५ जना सदस्यबाट सुरु भएको संस्थामा अहिले ८ सय माथि महिला सदस्य आवद्ध भएको जानकारी दिइन् । स्थापना दिवस कार्यक्रममा संस्थाका पूर्व सञ्चालक, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।



Leave a comment