काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सयदिने लगानी योजना ल्याएको छ । बचतकै ब्याज दरमा ऋण लगानी गर्ने एकसय दिने योजनामा संस्थाले ७.७७ प्रतिशत ब्याजदर तोकोको हो ।
संस्थाले उक्त ब्याजदरमा एक जनालाई अधिकतम ७७ लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउन सक्ने योजना ल्याएको छ । यो योजना आगामी १ सय दिनसम्म सञ्चालन हुने जनाइएको छ । संस्थाले नयाँ तथा पुराना परियोजनाहरुका लागि यो योजना अन्तर्गत ऋण उपलब्ध गराउन सकिने जनाएको छ ।
संस्थाको असार मसान्तको विवरण अनुसार जगेडा कोषमा २२ करोड ३३ लाख ७२ हजार ६७५ रुपैंयाँ पुगेको छ । त्यसैगरी संस्थाको अन्य कोषमा १० करोड ८७ लाख ६९ हजार ४५३ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थामा १० हजार २ सय २५ जना सदस्य, कूल सम्पत्ति २ अर्ब ६५ करोड ३७ लाख ६४ हजार रहेको छ । १५ करोड ५५ लाख ५१ हजार शेयर पूँजी रहेको संस्थासँग २२ करोड ३३ लाख ७२ हजार संस्थागत पूँजी छ । २ अर्ब ५ करोड ९५ लाख ६८ हजार बचत रहेको संस्थाले १ अर्ब ५३ करोड ८१ लाख ६३ हजार ऋण लगानी गरेको छ ।

२०५९ साल जेठ ८ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापना भएको संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौमा स्थापना भएको थियो ।
पछि पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको यस संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा स्थापित भएको थियो । संस्थाले शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात कार्यक्षेत्र विस्तार गरी कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर बनाएको छ ।
Leave a comment