हाइलाइट

बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा वृक्षारोपण

बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा वृक्षारोपण :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संघले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित गोसाईथान सामुदायिक वन परिसरमा १५० वटा विभिन्न प्रजातीका विरुवाहरु रोपेर स्थापना दिव मनाएको हो ।

हरेक वर्ष साउन १३ गते बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा विविध सामाजिक कार्य गरि दिवस मनाउने गरेको र यो वर्ष काभ्रेपलाञ्चोकको बनेपाको गोसाईथान सामुदायिक वनमा विरुवा रोपेर  स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रे, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी र मोडेल बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष अ‍ोमदेवी मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी सञ्चालक सुमन नेपाल र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर,  काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाबाट करिब १५० जना सहकारीकर्मिहरुको उपस्थिति रहेको थियो ।



Leave a comment