काठमाडौं । कीर्तिपुरमा रहेको किपु बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस मनाएको छ । साउन ७ गते संस्थाले संस्थाका सदस्यलाई सम्मान गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले १६ जना जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ ।
कार्यक्रममा स्थापनाकालका सदस्यहरु, संचालक र लेखा तथा सुपरिवेक्षण समिति, ऋण उपसमिति र शिक्षा उपसमितिका सदस्यहरुको उपस्थिति रहेको संस्थाका अध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिएका छन् । कार्यक्रममा सहकारी अभियान प्रति नै निरासा र प्रतिकुल अवस्थामा पनि संस्था सुदृढ र व्यवस्थित रुपमा संचालन भई नमुना सहकारी तर्फ अगाडी बढिरहेको अध्यक्ष महर्जनले बताए ।
Leave a comment