हाइलाइट

सिन्धुली जिल्ला बचत संघद्धारा ‘बचत खेल’ तालिम

सिन्धुली जिल्ला बचत संघद्धारा ‘बचत खेल’ तालिम :: Sahakari Akhabar

काठमाडौं । सिन्धली जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थालाई ‘बचत खेल’ तालिम दिएको छ । तालिम संघले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को प्राविधिक सहयोगमा प्रदान गरेको हो ।

कार्यक्रममा जिल्लाका कमलामाई महिला साकोस, गुराँस महिला साकोस, सुर्यमुखि महिला साकोस, सन्तोषि महिला साकोस, सगरमाथा महिला साकोसको सहयोग रहेको थियो । दुईदिने बचत खेल तालिम सगरमाथा साकोस हत्पतेको तालीमहलमा सम्पन्न भएको हो । तालिम प्रशिक्षक कोमलराज अधिकारी र मनोज कोईरालाले सहजीकरण गरेका थिए ।



Leave a comment