विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार सहकारीले तीन दिन स्थापना दिवस मनाएको हो ।
साउन ३ गते राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ वितरण कार्यक्रम गरेको सहकारीले साउन ४ गते आफ्नो कार्यालयमा नै केक काटेर स्थापना दिवस मनाएको काफ्लेले जानकारी दिए । साउन ५ गते सहकारीले आफ्नै भवनको प्राङ्गणमा बृक्षारोपण गरेर स्थापना दिवस मनाएको छ । तीन दिवसीय स्थापना दिवस मनाएको सहकारी आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गर्ने सहकारीका सचिव ओम सुवेदीले जानकारी दिए ।
सहकारीले १० प्रकारका विभिन्न किसिमका बचतहरु सञ्चालन गर्दै आएको छ । जसमा क्रमागत÷मासिक बचत, बचत ९ऐच्छिक०, बाल बचत, आवधिक बचत, अक्षयकोष बचत, पर्यटन बचत, ज्येष्ठ सदस्य सुरक्षा बचत, कर्जा सुरक्षण बचत र पेन्सन योजना बचत रहेका छन् ।
आर्थिक बर्ष २०८१ / ०८२ मा सहकारीले ५ करोड १३ लाख २२ हजार ६१८ रुपैया आम्दानी गरेको छ । ४ करोड ९१ लाख ९३ हजार ५१८ रुपैया खर्च गरेको सहकारीले २१ लाख २९ हजार १ सय रुपैया ८७ पैसा नाफा गर्न सफल भएको छ ।
Leave a comment