काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत भएको थियो ।
जिल्ला बचत संघका अध्यक्ष लाखाजुले बाराही साकोसले असहज परिस्थितिमा पनि लाभांस दिन सक्ने गरि नाफामा वृद्धि गर्नसक्नु संस्थाको उपलब्धी भएको बताए । उनले संस्थाले तरलता व्यवस्थापनका साथै नियमित मासिक बचतमा विशेष जोड दिने गरेको भन्दै सबै सहकारीले यस्तो सुशासनका पक्षलाई अंगाल्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद सुवालले असार महिना सम्मको यथार्थ आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आगामी वर्षहरुका लागि पनि चालु आवदेखि लागु हुनेगरि व्यवसायिक रणनीतिक योजना तयार गरेको उल्लेख गरे ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेका विभिन्न सामाजिक क्रियाकलापका साथै सदस्य समुदायलाई दिइ रहेको सेवा सुविधाहरुवारे समेत यस वर्ष सामाजिक परिक्षण गर्ने जानकारी गराएको थियो । स्थापना दिवसमा संस्थापक २६ जानालाई सम्मान गरिएको थियो ।
त्यसैगरी नियमित मासिक बचत कर्ताहरु मध्ये मासिक एकजनाका दरले १२ महिनाको १२ जना नियमित बचत कर्ता र १२ जना बाल बचत कर्तालाई सम्मान स्वरुप मायाको चिनो र प्रशांसा पत्र समेत प्रदान गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सभापति सुवालले कार्यक्रममा २२ जना रक्तदातालाई प्रमाणपत्र समेत प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
Leave a comment