काठमाडौं । वीरेन्द्रगर सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ । संस्थाले विभिन्न सामाजिक कार्य गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले ३५८ जना शेयर सदस्यहरूलाई सम्मानित गर्ने घोषणा गरेको छ ।
स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई २१ हजार १११ नगद र खानाका लागि १५ हजाररूपैया सहयोग गरेको छ । त्यसैगरी संस्थाका १३ वटै सेवाकेन्द्रले वृक्षा रोपण, स्वास्थ्य शिबिर, अन्तरक्रिया, सरसफाई, रक्तदान, फलफूल वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको जनाइएको छ ।
त्यसैगरी मुख्य कार्यालयले उपत्यकाका ५ वटै सेवाकेन्द्रको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहको प्रमुख आतथ्यता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विगत वर्तमान अवस्था र भावी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
स्थापना दिवसको अवसरमा असार २२ गते सेवाकेन्द्र स्तरमा बिभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ जसमा संस्थाको मेहेलकुना सेवाकेन्द्र अन्तर्गत मेहेलकुना अस्पतालमा बिरामीलाई फलफुल बितरण गरेको छ ।
त्यसैगरी अभ्युदय सेवाकेन्द्र अन्तर्गत बावीयाचौरमा विभिन्न शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको छ ।
त्यसैगरी छिन्चु सेवाकेन्द्र अन्तर्गत भेरीगंगा नपा वडा नं १० को बडा कार्यालयमा जनता उधोग, भेरीगंगा जेसिस, भेरीकर्णाली सेनेटरी प्याड उद्योगको समन्वयमा महिलाको पाठेघर चेकजाँच सहित स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।
राकम सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यवस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ भने जहरे सेवाकेन्द्रमा बढ्दो सडक दुर्घटना कम गर्न प्रयोग गरिने ट्राफिक सचेतना संकेत बोर्डहरू र सडक डिभाइडर प्रदान गरिएको छ ।
त्यसैगरी वड्डिचौर सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ भने गुटु सेवाकेन्द्र अन्तर्गत चौकुने गापा वडा नं ७ को श्री धामिडाडा सामुदायिक वन उपभोक्ता समूह चौकुने ७ सहिद स्मृति पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
मालिका सेवाकेन्द्र अन्तर्गत ठाँटि बजारमा बजार ब्यबस्थापन समिति, सामुदायिक प्रहरी लगायत सरोकारवाला पक्षहरूको समन्वयमा बजार सरसफाइ लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि शाहले वीरेन्द्रनगर साकोसले कर्णाली प्रदेशमा उत्कृष्ठ काम गरिरहेको र अव कुनै एक बिषयमा बिशिष्टकृत उत्पादनमूलक कार्य ब्रान्ड निमार्ण गर्नुपर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष बमबहादुर वीसीले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास गरेको बताए ।
संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बीचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकास गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको उनको भनाइ छ ।
संस्थाले गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि दिगो, प्रतिस्प्रर्धि वीरेन्द्रनगर साकोसू भन्ने परिकल्पनासहित बिभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुदै सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताए ।
अध्यक्ष बमबहादुर बिसीले कार्यपत्र प्रस्तुत गर्दै संस्थाले नियतिवश व्यहोरेको विगत आशा लाग्दो वर्तमान र भावी मार्गचित्रको संक्षिप्त चर्चा गरेका थिए । कार्यपत्र माथि भूपेन्द्र शाही र पूर्णप्रसाद पौडेलले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक बीरबहादुर रावत संस्थाका सल्लाहकार बिष्णुबहादुर खड्का, उद्दोग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षबिक्रम खड्का, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सैना जिल्ला बचत संघका अध्यक्ष भक्तिप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सागरजनाथ योगी र शुभ बभच तथा ऋण सहकारी संस्थाक अध्यक्ष देबेन्द्र शाहको समेतक सहभागिता रहेको थियो ।
२०५८ असार २२ गते स्थानीय २७ जनाको सक्रियतामा स्थापित संस्थाले ८ वटा सहकारी संस्थाबीच एकीकरण समेत गरिसकेको छ । संस्थाको कुल पूँजी रू १ अर्व ४० करोड ७६ लाख रहेको छ । यस संस्थाले एकिकरण बिधा तर्फ राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
Leave a comment