हाइलाइट

दक्षिण बाराही महिला साकोसद्धारा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न 

दक्षिण बाराही महिला साकोसद्धारा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । संस्थाले सूर्यविनायक नगरपालिकाको समन्वय र सिद्धि स्मृति अस्पताल, भीमसेनस्थान भक्तपुरको प्राविधिक सहयोगमा गाम्चा स्वास्थ्य चौकीमा शिविर संचालन गरेको हो ।

मंगलबार आयोजित शिविरमा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको सहकारीकी व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीले जानकारी दिइन् । सामाजिक उत्तरदायित्व वहनको वार्षिक कार्यक्रमअन्तर्गत संस्थाले विगत वर्षहरू झैँ यस वर्ष कार्यक्रम गरेको उनले बताइन् । कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सहकारीकी अध्यक्ष निर्जला ढुंगेल दाहालले समयमै क्यान्सर पत्ता लागेमा उपचार सम्भव हुने बताइन् ।

यसअघि, संस्थाले गत जेठ ३१ गते नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सुशिला भैरव मन्दिर, कटुञ्जेमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । रक्तदान कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरेका थिए ।

आयोजकले रक्तदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । समुदायमा आधारित यो सहकारी संस्था बचत तथा ऋण कारोबारसँगै सदस्यहरूको सक्रिय सहभागितामा सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



Leave a comment