हाइलाइट

मापदण्डले सहकारीका जनशक्तिको रोजगार असुरक्षित गरेको छ

मापदण्डले सहकारीका जनशक्तिको रोजगार असुरक्षित गरेको छ :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न गरेको छ । संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा भएको तालिमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले प्राविधिक साझेदारी गरेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्डले सहकारी अभियानलाई कमजोर तथा सकुचनमा ल्याएको बताए । उनले सहकारी अभियानमा परिचालीत जनशक्तिको रोजगार सुरक्षित हुनुपर्नेमा मापदण्डले विचलनमा ल्याएको बताए ।

मानिस मेसिन नभएकोले मानव श्रोतलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य भएकोले श्रमिक र संस्था दुवैको बृद्धि विकासले मात्र संस्था दिगो रहने उनको भनाइ थियो । उनले संस्थाको मानव श्रोतको अवस्था बुझ्न संचालकहरुले हरेक वर्ष कार्य मुल्याकंन र विशलेषण गर्नुपर्ने बताए ।

संघका सचिव एंव शिक्षा तथा संस्थागत विकास उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थामा प्रभावकारी मानव श्रोत साधन व्यवस्थापनबाट मात्र संस्थाको लक्ष्य हासिल गर्न सकिने भएकोले मानव श्रोत संसाधन व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सस्थाका कर्मचारीहरुले सहकारी संस्थामा संचालनका समस्यालाई देखाउने काम गर्ने नभइ सम्बन्धित ऐन नियमको परिधिमा रही समस्याको समाधानका उपायहरु संस्थालाई दिनुपर्ने बताए ।

उनले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐन, नियमावली र बोनस ऐन अनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । प्रशिक्षक डा. कृष्णकान्त मिश्रले सहकारीको विकास गर्न प्रभावकारी मानव श्रोत साधनको व्यवस्थापन विना सफल नहुने बताए ।

सहकारी संस्थाले राज्यको नीति नियम अनुसार आन्तरीक मानव स्रोत ससांधान नीति तथा कार्यविधि हुनुपर्ने र बाझिएमा बाझिएको हदसम्म उक्त कार्यविधि स्वत निश्क्रिीय हुने बताए । सहकारी संस्थाका कर्मचारीहरुलाई मौद्रिक तथा अमौद्रिक सेवा दिएर उत्प्रेरीत गर्नुपर्ने उनको विचार थियो ।

तालिममा सहभागीहरुले मानव स्रोत साधनको भर्ना देखि अवकाससम्मको व्यवस्थापनका असल अभ्यास, कार्यविधि र प्रविधिको बारेमा अन्र्तक्रियात्मक शैलीबाट प्रभावकारी सिकाई भएकोमा खुशी व्यक्त गर्नुभयो ।

तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखा सम्बन्धीत कर्मचारीहरु १५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । 



Leave a comment