हाइलाइट

महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान

महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान :: Sahakari Akhabar

काठमाडौं । स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए ।

भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उनको भनाई छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले जानकारी दिए । 

नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरुको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उनको भनाई छ ।

कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिए । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उनको भनाई छ । 

परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।

परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रम पालिकाको नौं वटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ ।



Leave a comment