हाइलाइट

भक्तपुरमा साकोसको रणनीति योजना निर्माण तालिम सम्पन्न

भक्तपुरमा साकोसको रणनीति योजना निर्माण तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको रणानीति योजना निर्माण तालिम सम्पन्न भएको छ । संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको तालिमलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले प्राविधिक सहयोगमा गरेको हो ।

दुई दिवसीय रणानीति योजना निर्माण तालिम २७ गते सम्पन्न भएको थियो । संघका उपाध्यक्ष हरिकृष्ण बल्लले परिवर्तीत ऐन, निर्देशन तथा मापदण्डलाई ध्यानमा राखी रणानीति योजना बनाउनु पर्ने भन्र्दै संस्थाले महत्वकांक्षी योजना र अरुको नक्कल तथा प्रतिष्पर्धाले समस्या ल्याउने हुदाँ संस्थाको वस्तुस्थितीलाई बुझेर मात्र रणनीति योजना तय गर्नुपर्ने बताए ।

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले तय गर्ने रणनीति योजनाको सफलता नै संस्था सफलताको आधार भएको बताए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले बजारमा लगानीको बातावरणा नभएकोले समुदायमा आधारित सहकारी संस्थाहरुमा तरलता बृद्धिले अधिक तरलतामा संस्था संचालन भइरहेको बताए ।

उनले लगानी गरेका साँवा तथा व्याज असुलीमा सकस भई भाखा नाघेको ऋण बढदै गइरहेको बताए । संस्थाले रणनीति योजना निर्माण गर्दा आर्थिक पक्षलाई मात्र ध्यान नदिई गुणस्तरीय सदस्यता, सेवा र सुशासनका पक्षमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागीता रहेको तालिमको नफ्स्कूनका लेखा अधिकृत सरोज गणेशले सहजीकरण गरेका थिए ।



Leave a comment