काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । सिजेएनले २५ जना सहकारी पत्रकारका लागि बैशाख २६ र २७ गते दुई दिन सहकारी पत्रकारिता तालिम गरेको हो । तालिममा सहकारीको सैद्धान्तिक एवं कानूनी आधार, कार्यान्वयन तथा व्यवहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषयमा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।
तालिममा सहकारी विभागका उपरजिष्ट्रार शशीकुमार लम्साल, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाइ, नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष मोदनाथ ढकाल तथा नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन निर्देशक इन्द्रा चम्लागाईंले प्रशिक्षण दिएका थिए । सीजेएनले विभागको सहकार्यमा सदस्यहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि नियमितरुपमा तालिम कार्यक्रम गर्दै आएको छ ।
Leave a comment