हाइलाइट

बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन

बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशका सहकारीका व्यवस्थापन प्रमुखहरुको क्लब गठन भएको छ । बैशाख २६ गते काठमाडौंमा भएको प्रदेशका सहकारी ब्यवस्थापन गोष्ठीले कोअपरेटिभ म्यानेजर्स क्लब गठन गरेको हो । गोष्ठीले कल्याणकारी साकोस ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीको संयोजकत्वमा क्लव गठन गरेको हो।

गोष्ठीले ७ सदस्यीय बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन का साथै फोकल पर्सन समेत मनोनित गरेको थियो । बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लवको सदस्यमा हाम्रो जनकल्याण साकोस, दोलखाका दिपक बस्नेत, महिला मिलन साकोस मकवानपुरका फुलमायाँ मोक्तान, ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रेका गोपाल दहाल, धादिङ जिल्ला बचत संघका गोकर्ण दुवाडी, नेचुरल साकोस काठमाण्डौंका घनश्याम नेपाल, बंगलामुखी साकोस भक्तपुरका जगतकृष्ण श्रेष्ठ चयन गरेकोछ।

गोष्ठील बचत संघ सिन्धुलीका सुनिता ढकाल, जिल्ला सहकारी संघ नुवाकोटका अनिला शाक्य, मन्थली साकोस रामेछापका भेषबहादुर श्रेष्ठ, कालिका बहुउद्धेश्यीय सहकारी रसुवाका गोविन्द घिमिरे, आत्मनिर्भर साकोस, सिन्धुपाल्चोकका बिपी प्याकुरेल र कालिगण्डकी साकोस चितवनका दिपेश ढकाल फोकल पर्सन चयन भएका छन् ।

बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा एक दिवशीय ब्यवस्थापन विषय गोष्ठी भएको थियो । गोष्ठी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार कुमार तामाङ, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाको सहभागिता रहेको थियो । बागमती प्रदेशको १३ वटै जिल्लाबाट वभिन्न प्रकृतिका सहकारीका १३० जना व्यवस्थापन प्रमुखहरुको उपस्थिति रहेको थियो ।

गोष्ठीमा रजिष्ट्रार तामाङले सहकारी क्षेत्रको भविष्य, निर्देशन र व्यवस्थापकीय रणनीतिक योजनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष जगत लाल महर्जनको स्वागत मन्तव्य र संघका महासचिव नेत्रराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।



Leave a comment