काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । बैशाख १६ गतेदेखि १८ गतेसम्म तीनदिन हिमालयन हाउस रिर्सोट, धुलिखेलमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको हो ।
संघले सहकारीमा आवद्ध यूवा सदस्यहरुलाई उनिहरुको रुची, क्षमता र आवश्यकताको आधारमा रोजगारी प्राप्त गर्नका साथै स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्धेश्यले तालिम संचालन गरेको जनाएको छ । संघले विकास गरेको “यूवाको लागि वित्तीय साक्षरता–प्रशिक्षक प्रशिक्षण” तालिममा ७ वटा जिल्लाका २६ वटा संघसंस्थाका २९ जनाको उपस्थिती रहेको जनाइएको छ ।
तालिमको समापनमा संघका अध्यक्ष उद्धव सापकोटाले प्रमाणपत्र बितरण गर्दै ३ दिनसम्म सिकेका ज्ञान सीप संस्थामा र समुदायमा यूवाको लागि वित्तीय शिक्षा केन्द्रित रही लागू गर्न निरन्तर अभ्यास गर्नुपर्ने सुझाव दिए । महासचिव गोविन्दप्रसाद काफ्लेले यूवा र वित्तसँग सम्वन्धित सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने गरी संस्था संचालन गर्नुपर्ने हुँदा वित्तीय ज्ञान दिनका लागि लक्ष्य र योजना सहित अघि बढ्न सुझाव दिएका थिए ।
संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको मूख्य प्रशिक्षण रहेको तालिममा कार्यक्रम अधिकृत नवराज घोरसाइने र बिमला पुडासैनीले सहजीकरण गरेको थिए । संघले सदस्य संघसंस्थाको संचालन सक्षमता विकासका लागि निरन्तर सक्रिय रहँदै आएको र आफ्नै पाठ्यक्रम विकास गरी वित्तीय साक्षरता सम्बन्धि तीनवटा मोड्यूलहरुको प्रशिक्षक प्रशिक्षण प्रदान गरी ‘पूर्ण दक्ष बित्तीय साक्षरता प्रशिक्षक’ तयार गर्ने उद्धेश्यले तालिम संचालन गरेको जनाइएको छ ।
Leave a comment