काठमाडौं । चन्द्रागिरि ३ थानकोटमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले सदस्य अभिमूखि कार्यक्रम गर्नेभएको छ । संस्थाले बैशाख २० गते शनिबार लेकसाइड सिमलाङ मार्खुमा सदस्यहरुलाई अभिमूखि कार्यक्रम गर्नेभएको हो ।
अभिमूखि कार्यक्रममा संस्थाका अधिक शेयर खरिदकर्ता, उत्कृष्ठ सदस्य तथा उत्कृष्ठ ऋणी सदस्यहरुलाई सहकारी अभिमूखि कार्यक्रम गर्ने संस्थाका ब्यवस्थापक लेमन श्रेष्ठले जानकारी दिए । उनले पहिलो चरणमा संस्थाका अधिक शेयर खरिदकर्ता, उत्कृष्ठ सदस्य तथा उत्कृष्ठ ऋणी सदस्यहरुलाई अभिमूखिकरण कार्यक्रम गरिने र उक्त कार्यक्रमलाई निरन्तरता दिंदै सवै सदस्यमाझ पुर्याउने जनाए ।
संस्थामा १ हजार २३९ जना सदस्य छन् भने २१६ जना ऋणी सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी १ करोड ९० लाख ६१ हजार र २० करोड ६० लाख ४२ हजार बचत रहेको जनाइएको छ । संस्थाको जगेडा कोषमा १ करोड ५ लाख १३ हजार तथा ७५ लाख ५७ हजार अन्य कोषमा रहेको छ । त्यसैगरी संस्थाले १३ करोड ४ लाख ७६ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थाको कूल सम्पति २५ करोड १४ लाख ३७ हजार रहेको छ ।
Leave a comment