हाइलाइट

ललितपुरमा दुई दिने दुग्ध उत्पादन सम्वन्धि अनुशिक्षण कार्यक्रम

ललितपुरमा दुई दिने दुग्ध उत्पादन सम्वन्धि अनुशिक्षण कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघको सहकार्यमा ललितपुरमा दुईदिने दुग्ध उत्पादन सम्वन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विकास बोर्ड, बागमती प्रदेश सरकारको सहकार्यमा तथा ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा दुग्ध उत्पादन सम्वन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

ललितपुरको गोटीखेल, माहांकाल गाउँपालिका,  बैशाख १२ र १३ गते दुईदिन “दुग्ध क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधान सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माहांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसी, वडा नं १ का वडाध्यक्ष मनोजर पराजुली, वडा नं ५ का वडाध्यक्ष भुमिनन्द घिमिरेको उपस्थिति रहेको थियो । त्यसैगरी ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण सञ्जेल, कोषाध्यक्ष पुरुषोत्तम बजगाँई, सञ्चालक विनोदप्रसाद तिमल्सिना, पशु सेवा शाखाका अधिकृत दिपकप्रसाद दुलाल,संघका प्रबन्धक श्रीहरि दाहाल, कार्यालय सहायक भवानी धिताल भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।



Leave a comment