काठमाडौं । निकै लामो राजनीतिक रस्साकस्सी पछि झापा जिल्ला सहकारी संघको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलबिच भागवण्डामा सहमती जुट्न नसकेपछि संघले बैशाख १३ गते शनिवार मतदान गराएको थियो ।
राजनीतिक दलको हस्तक्षेपले सहमती जुट्न नसकेपछि केही पदमा मात्र मतदान भएको हो । सहमती जुट्न नसकेका उपाध्यक्ष, सचिव, सहसचिव, सदस्य तथा क्षेत्र २ र ५ को पदकालागि मतदान भएको थियो ।
संघको आठौं निर्वाचनले अध्यक्षमा प्रेमकुमार कोईराला चयन भएका छन् । उनी नवदुर्गा बहुउद्देश्यीय सहकारीबाट प्रतिनिधित्व गर्छन ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, उपाध्यक्षमा नारायणप्रसाद भट्टराई महिला उपाध्यक्षमा देवी निरौला बस्नेत, सचिवमा भवानी प्रसाद दंगाल, सह–सचिवमा टसबहादुर श्रेष्ठ र कोषाध्यक्षमा केशव बस्नेत चयन भएका छन् ।
त्यसैगरी संचालक सदस्यमा काशिनाथ घिमिरे, नारायण प्रसाद गौतम, प्रेम सागर सापकोटा, महिला सदस्यमा विन्दा कुमारी थापा, निला कुमारी दाहाल, संगिता गजुरेल, पुष्पा अधिकारी (चम्लागाई) चयन भएका छन् ।
त्यसैगरी क्षेत्र १ बाट देविमाया अधिकारी क्षेत्र २ बाट युवराज गौतम, क्षेत्र ३ बाट हरिकृष्ण अधिकारी, क्षेत्र ४ बाट तिलक प्रसाद सिंह राजवंशी र क्षेत्र ५ बाट पदम लिम्बु लिङ्देन निर्वाचित भएका छन् ।
त्यसैगरी संघको लेखा समिति संयोजकमा चुडामणी ओझा र सदस्यमा मिलन आचार्य तथा राजेन्द्र प्रसाद रिजाल निर्वाचित भएका छन् ।संघको बैशाख १३ गते निर्वाचन कार्यक्रम तोकिएपनि दलमा भागवण्डाको सहमति तोडिएपछि निर्वाचन कार्यालयमा तालावन्दी गरिएको थियो ।
सत्ता गठवन्धन दुई ठूला दलले संघको पद बाँडफाट गर्ने सहमती गरेपनि स्वतन्त्र तथा बागी उमेदवारलाई मिलाउन नसक्दा निर्वाचन कार्यक्रम रोकिएको थियो ।
संघको जम्मा २२ पदमा नेपाली काँग्रेसलाई ७ पद, नेकपा एमालेलाई १५ पद र अन्य दल निकटलाई ७ पदको भागवण्डामा सहमती गरेका थिए ।
भागवण्डामा नेपाली काँग्रेसलाई बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, क्षेत्र २ र ५(दुई सदस्य), खुल्ला महिला सदस्य र लेखा समिति सदस्य एक गरी जम्मा ७ सदस्य रहेको थियो ।
त्यसैगरी नेकपा एमालेले अध्यक्ष सहित खुल्ला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र महिला सदस्य १, खुल्ला सदस्य ३, खुल्ला महिला सदस्य ३ क्षेत्रगत सदस्य ३ गरी १५ पदको भागवण्डा गरेका थिए ।
Leave a comment