काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार पोखराले एउटा संघ सहित १३ वटा सहकारी खारेजी गरेको छ । कार्यालयले बैशाख १० गते सूचना प्रकाशन गरी उक्त सहकारी संघ संस्था खारेजी गरेको जनाएको हो ।सहकारी रजिष्ट्रारको कार्यालयमा नियमित अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेका सहकारी संघ संस्थाहरूको दर्ता खारेजी गरेको जनाएको छ ।
कार्यालयले खारेजी गर्नु नपर्ने कुनै कारण भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफूसँग भएको प्रमाण सहित सम्पर्क गर्न सूचना प्रकाशन गरेको जनाएको छ । कार्यालयले कास्की र तनहुँ जिल्लाका निष्क्रिय सहकारी संघ संस्थाहरूका लागि ३५ दिने सूचना प्रकाशन गरिए पनि नआएको जनाएकोछ ।
साथै कार्यालयबाट स्थलगत अनुगमन गर्दा लगातार दुई वर्षसम्म कारोवार नगरी निष्क्रिय रहेको पाइएको, बागलुङ जिल्लाको सारथी सूचना तथा सञ्चार सहकारी संस्थाबाट दर्ता खारेजी गरीपाउँ भनी लेखिआएको, सम्बन्धित सहकारी संघ र संस्थावाट प्राप्त खारेजी गरी पाउँ भन्ने बेहोराको निवेदन, लेखापरीक्षण प्रतिवेदन, स्थलगत मुचुल्का समेतका कागजातका आधारमा बैशाख ९ गतेको निर्णय अनुसार उक्त सहकारी संघ संस्थाहरू खारेजी गरिएको जनाएको छ ।
कार्यालयले त्यस्ता सहकारी संघ संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द हुने पनि जनाएको छ । सहकारी संस्थाले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालकलगायतका जिम्मेवार पदाधिकारी र व्यक्तिहरूले तिर्नु बुझाउनुपर्ने जनाइएको छ । सहकारी संघ संस्थासँग कुनै लिनुदिनुपर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीसँग सम्पर्क राख्न सहकारी रजिष्ट्रार भेषराज रिजालको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ ।
खारेजी गरिएका संघ संस्थाहरु
ग्लोबल बहुउद्देश्यीय सहकारी, पोखरा
पद्म नर्सिङ बचत तथा ऋण सहकारी, पोखरा
मर्दी हिमाल कृषि सहकारी, कौलेली कास्की
अजम्बरी कृषि सहकारी संस्था, तनहुँ
उपभोक्ता सहकारी संघ लि, तनहुँ
माझकोट उपभोक्ता सहकारी, तनहुँ
लघुउद्यम कोशेली घर सहकारी, लमजुङ
गोरखा सूचना तथा सञ्चार सहकारी, गोरखा
जनता सूचना तथा सञ्चार सहकारी, गोरखा
नागरिक बचत तथा ऋण सहकारी, गोरखा
सत्यनारायण बचत ऋण सहकारी, गोरखा
सहयोगी कृषि सहकारी संस्था, गोरखा
सारथी सूचना तथा सञ्चार सहकारी, बागलुङ
Leave a comment