काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा गोपाल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । क्लवको आज भएको तेश्रो वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो । अध्यक्ष दाहाल ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यसैगरी क्लवको उपाध्यक्षमा पाँचखालको आर्थिक विकास मित्र साकोसका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, सचिवमा आभाष साकोस बनेपाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्य तथा कोषाध्यक्षमा लक्ष्मी महिला साकोस काभ्रेका मनोज रायमाझी चयन भएका छन् ।
त्यसैगरी क्लवको संचालक सदस्यमा एक्सेस साकोसका अरुण थापा, सक्षम साकोसकी पार्वती थापा, महिला आधारशिला साकोसकी यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका गौतम प्रजापती र वासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अनन्त तिमल्सिना चयन भएका छन् ।
Leave a comment