अन्नपूर्ण वहुमुखी सहकारी द्धारा एकमहिने सौन्दर्य तालिम

अन्नपूर्ण वहुमुखी सहकारी द्धारा एकमहिने सौन्दर्य तालिम :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपूर्ण वहुमुखी सहकारी संस्थाले एकमहिने सौन्दर्य तालिम आजबाट सुुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सिप प्रदान गरी उद्यमशील बनाउने उद्देश्यका साथ हेयर कटिङ तथा स्टाइलिङ तालिम  संचालन गरेको हो।

मध्यपूर थिमी नगरपालिका ३ नंको लागत साझेदारीमा क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरको समन्वयमा तालिम संचालन गरेको हो ।

उक्त कार्यक्रमको मध्यपूर थिमी वडा नं ३ का वडा अध्यक्ष कृष्णहरी आर्चायले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष श्याम सुन्दर बस्नेतको अध्यक्षतामा संचालन भएको उद्घाटन सत्रको व्यवस्थापक शोभा अधिकारीले संचालन गरेकी थिइन् ।

कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका उद्योग  सहकारी तथा रोजगारी प्रवर्धन शाखा प्रमुख अभेन्द्र रन्जित सन्योजक अरुणा कार्की मध्यपुर ठिमी ३ न वडाका सचिब रबिना पौडेल, संस्थाका कोषाध्यक्ष मिरा कुमारी भट्टराई उप्रेतीको समेत आतिथ्यता रहेको थियो ।

तालिमको सहजीकरण क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरका संचालक   शान्ती श्रेष्ठले गर्नेछिन् । तालिममा २० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।



Leave a comment