श्री बाराही साकोसद्धारा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम 

श्री बाराही साकोसद्धारा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एसइई दिएर बसेका विद्यार्थी लक्षित अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले समुदायमा रहेका विद्यालयहरुवाट एसइई दिएर बसेका विद्यार्थीहरुलाई मार्ग निर्देशन तथा प्राथमिक उपचार एवं रक्तदान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा तारा मावि र बासु माविका विद्यार्थिहरु तथा संस्थाका सदस्य र सदस्यका परिवारगरि ५७ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राधेश्याम सुवालको आतिथ्यता, नेपाल रेडक्रस सोसाइटीका ईश्वर श्रेष्ठको प्राविधिक सहयोगमा र पुनेन्द्रप्रसाद कुसीको सभापतित्वमा सम्पन्न भएको हो ।

अध्यक्ष सुवालले सहकारी ऐन, नीति, नियम र सहकारी संरचनाबारे जानकारी गराएका थिए । उनले युवाले पढाई पश्चात विदेश जाने परम्परालाई त्याग्नु पर्ने भन्दै आफ्नै देशमा बसेर स्वरोजगार बन्नु पर्ने बताए । उनले देशको राजनैतिक अवस्थाले युवा वर्ग वाहिरीने क्रम बढ्दै जाने हो भने भोलिका दिनमा नेतृत्व गर्ने जनशक्तिको अभाव हुने हुनाले यसलाई रोक्न स्थानिय निकायले सोच्नु पर्ने बताए

रेडक्रस सोसाईटीका जन सम्पर्क अधिकृत ईश्वर श्रेष्ठले भैपरी आउँदा, आपत बिपत पर्दा, दुर्घटना हुँदा गर्नु पर्ने आवश्यक प्राथमिक कार्यवाट उपचार गर्ने तरिकाहरुवारे जानकारी गथराएका थिए । रक्तदानको महत्व, आवश्यकता, सदुपयोगवारे उनले जानकारी गराउनुका साथै श्रेष्ठले रक्तदान कार्यले पुनर्जीवन दिने भएकाले यसलाई जीवनदान भनिएको बताए ।

संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले बचत गर्ने तरिका, आवश्यक खर्च, अनावश्यक खर्च, स्वरोजगार वन्ने व्यवसायका तरिकाहरु लगायत संस्थाले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका मोटिभेस्नल स्पिकर शिक्षक पुनेन्द्रप्रसाद कुसीले एसइई पश्चात विद्यार्थीहरुलाई मार्ग निर्देशनको आवश्यकता बोध गराई अवको गन्तव्य थप अध्ययन र जीवन उपयोगी तालिमलाई विशेष जोड दिँदै उर्जापूर्ण मार्ग निर्देशन दिएका थिए ।



Leave a comment