राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका खड्कालाई 

 राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका खड्कालाई  :: Sahakari Akhabar

काठमाडौं । यो वर्षको राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा प्रदान गर्ने पुरस्कारमा सहकारी पत्रकारिता पुरस्कार खड्कालाई प्रदान गर्ने भएको हो ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासंघले यस बर्षको सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कार आगामी अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने जनाइएको छ ।

महासंघका उपाध्यक्ष एवं पुरस्कार छनोट उप समितिका सयोजक डि.बी बस्नेतले पुरस्कृत हुने व्यक्ति तथा संघ संस्थाको नाम घोषणा गरेका थिए । सम्पादक खड्का एक दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रको विषयमा कलम चलाउँदै आएका छन् । सम्पादक खड्का यसअघि नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून ,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायतका विभिन्न संघ संस्थाबाट पुरस्कृत भईसकेका छन् ।



Leave a comment