हाइलाइट

सहकारी दिवसमा पाँचतारा साकोसद्धारा बृहत रक्तदान कार्यक्रम

सहकारी दिवसमा पाँचतारा साकोसद्धारा बृहत रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा चैत २० गते रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

रक्तदान कार्यक्रममा १ सय १७ जना रक्तदाताले रक्तदान गरेका थिए । भक्तपुर रेडक्रस सोसाइटीकोे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले हरेका बर्ष ‘रक्तदान जीवन दान’ भन्ने नारालाई सार्थक बनाउन रक्तदान कार्यक्रम  गर्दै आएको छ ।  रक्तदाताहरुलाई प्रमाण पत्र र टि सट प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, ब्लड डोनर्स एशोसिएसन नेपाल,काठमाडौंका जिल्ला शाखा  अध्यक्ष तिलक अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अथितीहरुले रक्तदातालाई प्रमाण पत्र प्रदान गरेका थिए । संस्थाका अध्यक्ष भोलानाथ पाठकले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारी दिवसको अवसरमा हरेक बर्ष रक्तदान गर्दै आएको बताए ।

रत्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको उनको भनाई छ । संस्थाले आयोजना गरेको रकदान कार्यक्रममा सहभागी पाँच पटक भन्दा बढी रक्तदान गर्ने व्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्लाले ओढाएर सम्मान गर्ने गरेको छ ।



Leave a comment