कुश्मामा कोपोमिस तालिम सम्पन्न 

कुश्मामा कोपोमिस तालिम सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ पर्वतको संयोजनमा कुश्मामा कोपोमिस तालिम सम्पन्न भएको छ । तालिम समापनमा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मीले कोपोमिस प्रणालीमा आबद्धता भएमा सहकारीका तथ्य तथ्याङ्क व्यवस्थित भई नियामक निकायलाई अनुगमन सुरपरीवेक्षण गर्न सहज हुने बताए ।

उनले सम्बन्धित सहकारी संस्थाका सूचना तथ्याङ्क समेत अद्यावधिक हुने भन्दै यसबाट सहकारीमा पारदर्शिता, जवाफदेहिता र जिम्मेबारी वृद्धि भई सहकारी सुशासन प्रवर्धन हुने बताए । सहकारी कार्यालयका तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले सहजीकरण गरेको कार्यक्रममा पर्वत जिल्लाका विभिन्न सहकारीका व्यवस्थापक लगायतका ३६ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट गंगामाया विक र देवीप्रसाद अधिकारीले मन्तव्य राखेका थिए । उनिहरूले तालिम उपयोगी रहेको र यो तालिमले सहकारी संस्था सञ्चालन र व्यवस्थापनमा प्रभावकारिता बढ्ने बताए ।

तालिममा सहभागी तथा कार्यपत्र प्रस्तोताले वित्तीय विवरण भर्दा सरल र सहज हुनुपर्ने, सिष्टमभित्र विवरण टाइप गर्न नमिल्दा अन्यत्र टाइप गरेर मात्र विवरण प्रविष्टि गर्नुपर्ने भएकोले सो सच्याउनुपर्ने बताए । केही सूचना तथा तथ्याङ्कको प्रमाण कागजात संलग्न गर्ने फिचर थप गर्नुपर्ने, कोपोमिस र राजश्व प्रणालीबीच लिङ्क गरी सहकारीका सबै विवरण अद्यावधिक भए नभएको एकीन गरेर मात्र कर दाखिला लगायतका कार्य हुने प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका थिए ।



Leave a comment