हाइलाइट

दक्षिण बाराही महिला सहकारीको स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन

दक्षिण बाराही महिला सहकारीको स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन :: Sahakari Akhabar

काठमाडौं । दधिकोट भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन गराएको छ । संस्थाको २७ औ स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी भगवती मन्दिर दर्शन गराएको हो ।

चैत १ गते शुक्रबार सञ्चालक समितिको संयोजनमा सिन्धुपाल्चोकको ऐतिहासिक मन्दिर त्रिपुरा सुन्दरी भगवती मन्दिर दर्शन गराएको हो । देशमा रहेका मठ मन्दिरको प्रचारप्रसार र आन्तरिक पर्यटन बढाउने उद्देश्यले सदस्यलाई तिर्थाटन गराएको संस्थाकी ब्यवस्थापक दिपा श्रेष्ठले जानकारी दिइन् । भ्रमणमा संचालक कर्मचारी र सदस्यलगायत १५० जना रहेको ब्यवस्थापक श्रेष्ठल बताइन ।



Leave a comment