विराटनगर । जिल्ला सहकारी संघ मोरङले बिहिबार विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष डा.डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहकारीका विषयगत संघ तथा प्रारम्भिक सहकारीका प्रतिनिधि लगायत सहकारीकर्मी तथा सहकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
होली मिलन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष पोखरेलले होली प्रेम र सद्भावको पर्वको रुपमा मनाईने हुँदा सहकारीकर्मीहरुबीच प्रेम र सद्भाव बढ्ने विश्वास व्यक्त गर्दै सहकारीका नकारात्मक कुराहरु हट्दै जाने बताए ।
उनले बुधबार मात्र संघिय संसदमा सहकारीको संशोधन प्रस्ताव दर्ता भएकाले सहकारी अध्यादेशमा आएका विभिन्न संशोधन गर्नुपर्ने कुरा अब संशोधन भएर आउनेमा आफूहरु आशावादी रहेको बताए ।
उनले सहकारीप्रति सरकार पनि जिम्मेवार भएर लागेकाले आगामी दिनमा सहकारीमा देखिएको समस्याहरु विस्तारै समाधान भएर जाने बताउँदै सहकारी अभियान सुध्रिएर जाने बताए ।
Leave a comment