हाइलाइट

सहकारीका बजार प्रतिनिधिलाई तालिम

सहकारीका बजार प्रतिनिधिलाई तालिम :: Sahakari Akhabar

काठमाडौं। काभ्रेमा सहकारीका बजार प्रतिनिधिहरुलाई क्षमता वृद्धिकालागि तालिम दिइएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको साझेदारीमा कर्मचारीहरुको क्षमता विकास तालिम दिइएको हो ।

जिल्ला बचत संघ काभ्रेका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कपालीले तालिमको औचित्य, उद्देश्य र पृष्ठभुमि बारेमा जानकारी गराएका थिए ।

तालिम जिल्ला बचत सघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल र सहायक कार्यकारी अधिकृत रविकुमार केसीले सहजीकरण गरेका थिए । तालिममा संघमा आवद्ध १९ वटा प्रारम्भिक सहकारी संस्थाका २४ जनाको सहभागीता रहेको थियो ।



Leave a comment