काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कृषकहरुलाई दुग्ध व्यावसायीहरूका लागि जलवायु सहनशील अभ्यास तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । एलोइ प्रालिको आर्थिक सहयोग तथा संयोजनमा चितवनको भण्डारामा आयोजना साक्षरता कार्यक्रम गरेको हो ।
शनिबार सम्पन्न कार्यक्रममा दुग्ध उत्पादक किसानहरुलाइ जलवायुमैत्री बनादै अनुकुलन र न्यूनीकरण अभ्यास मार्फत पशुपालनलाई जिविकोपार्जन र जीवनस्तर उकास्न उद्धेश्यले आयोजना गरिएको जनाइएको छ । शुक्रबार र शनिबार दुई दिन भएको साक्षरता कार्यक्रममा ५५ जना कृषकहरुको सहभागिता रहेको थियो ।
एलोई प्रालिका रमेश घिमिरे र तृष्णा मान्नधरले तालिममा डिजिटल प्रबिधि मार्फत दुग्ध किसानहरूलाई साक्षरता, ज्ञानका अभ्यासका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा बचत, लगानी, ऋण, बजेट, विमा समावेस गर्दै कृषकको जीवनशैलीलाई चलायमान गराउने विषयमा समेत सहजीकरण गरिएको थियो ।
केन्द्रीय दुग्ध सहकारी संघका ब्यवस्थापक श्रीहरी दाहाल र सिता थापाले तालिममा सहभागी कृषकलाई उपहार प्रदान गरेका थिए । कार्यक्रममा गाई, भैसीका लागि भिटामिन तथा औषधि सहित सहभागीहरुलाई प्रमाणप्रत्र बितरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य डिल्लीप्रसाद थपलियाको उपस्थिति रहेको थियो ।
Leave a comment