काठमाडौं । सहकारी व्यवस्थापन फोरम (सिएमएफ) दोलखामा दिपक बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका बस्नेत सिएमएफको भेलाबाट अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी सिएमएफ दोलखाको उपाध्यक्षमा रमेशचन्द्र बस्नेत, सचिवमा नवराज दाहाल र कोषाध्यक्षमा रामकृष्ण रायक्षेत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मनकुमार श्रेष्ठ, नविन काफ्ले, सुरेशराज खतिवडा, उदय कटुवाल, प्रल्हाद दाहाल, सुन्दरी गौतम, चुडामणी घिमिरे, शिवहरी सिवाकोटी, अम्बिका केसी,राजकुमार दाहाल र राजकुमार शिवभक्ति सर्वसम्मत रुपमा चयन भएका छन् ।
सिएमएफ दोलखा संयोजक इश्वर न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघका दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाँल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का लगायत जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
२०७६ सालमा सिएमएफ दोलखा गठन भएको र उक्त संस्थाले जिल्लामा रहेका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि र संस्थाहरुको सुशासन प्रवर्धनमा सहयोग पुर्याउँदै आएको जिल्ला संघका अध्यक्ष फुयाँलले बताए ।
सिएमएफ दोलखा जिल्ला संघभित्र रहने भन्दा पनि छुट्टै संस्थाको रुपमा दर्ता गरेर जाने गरी अगाडि बढेको उनले जनाए । त्यसका लागि आवश्यक विधानको ढाँचा तयार गरेको र पहिलो भेलाले उक्त ढाँचालाई पारित गरेको उनको भनाई छ।
Leave a comment