हाइलाइट

शोकमा नेफ्स्कून

शोकमा नेफ्स्कून :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) यतिखेर शोकमा परेको छ । संघका संचालक तथा कर्मचारीहरु आफन्तको निधनले शोकमा परेका छन् ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालका पिता हुमनाथ ढकालको फागुन २३ गते ९० बर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ । त्यसैगरी नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको फागुन २३ गते राति ८४ वर्षको उमेरमा निधन भएको छ।

नेफ्स्कूमा १४ वर्ष अध्यक्ष रहेर बचत अभियानलाई उचाइमा पुर्याएका प्रधानाङ्ग सहकारीमा ‘एक रूप‌ैंयाँ गरिवको लागि, मेरो सहयोग सधैको लागि’का अभियन्ता समेत हुन् । सहकारी ‘बा’ का नामले समेत परिचत प्रधानाङ्ग सहकारीका शिखर पुरुष मानिन्छन् ।

त्यसैगरी नेफ्स्कूनका विभागीय प्रमुख गणेश तिमल्सिनाका पिता इन्द्रप्रसाद तिमल्सिना ८१ वर्षको उमेरमा फागुन २२ गते उपचारका क्रममा निधन भएको छ ।



Leave a comment