काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस सिइओ वर्कशप गर्नेभएको छ । संघले नगरकोट स्थित रत्नागिरी रिर्सोटमा आगामी चैत २२ र २३ गते २ दिने आवासिय साकोस सिइओ वर्कशप गर्नेभएको हो ।
वर्कसपमा सहकारी क्षेत्रमा देखिएका व्यवस्थापनगत चुनौतीहरू, समाधानका उपायहरू, नियमन तथा अनुगमनको प्रभावकारिता र भविष्यको रणनीतिक दिशानिर्देशका विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी सहकारीको प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापकबीच सहकार्य, अनुभव, ज्ञान, सीप, नेतृत्व विकास र रणनीतिक सोचमा सुधार ल्याउने अपेक्षा गरिएको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाइले जनाए।
वर्कसपमा व्यवस्थापन सम्बन्धी चुनौतीहरूमा सामूहिक समाधान खोज्न, सहकारी क्षेत्रमा पारदर्शिता, जवाफदेहीता, निष्पक्षता र सहभागितामा आधारित भई सहकारी सिद्धान्त अनुरूप काम गर्ने वातावरण सिर्जना गरी सहकारीहरूको प्रवद्र्धनका लागि म्यानेजर क्लब गठन समेत गरिने जानकारी दिए ।
सहभागिताका लागि संस्थाबाट समयमा नै नाम दर्ता गराई सिट सुरक्षित गर्न पनि उनले अनुरोध गरेका छन् । नाम दर्ता फारम संघको वेभसाइटबाट डाउनलोड गर्न सकिने सिइओ बजगाईले जनाए ।
Leave a comment