हाइलाइट

सुयोग्य साकोसको स्थापना दिवस ‘सुयोग्य सम्मान’को थालनी

सुयोग्य साकोसको स्थापना दिवस ‘सुयोग्य सम्मान’को थालनी :: Sahakari Akhabar

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा ‘सुयोग्य सम्मान’ कार्यक्रम गरेको छ । संस्थाले यो वर्ष ५ जना सदस्यलाई सम्मान गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षता तथा पूर्वसांसद एंव समाजसेवी सुजिता शाक्यको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति शाक्यले संस्थाले समाजमा रचनात्मक कार्यहरु गर्दै सदस्यहरुलाई सुरक्षित वित्तीय सेवा प्रदान गर्नु सबल पक्ष भएको बताइन् । संस्थाले सदस्यहरुलाई पूँजी उपलब्ध गराई औपचारिक तथा अनौपचारिक रुपमा रोजगारी सृजना गर्न उल्लेख्य भूमिका खेल्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।

अग्रजहरुले गरेको योगदानको कारण स्वतन्त्र रुपमा जनता संगठित भएर अगाडि बढ्न पाएको भन्दैै उनले सहकारीले उद्यमशीलता विकास र उत्पादन वृद्धिको क्षेत्रमा काम गर्नु पर्ने बताइन् । सहकारीमा जम्मा भएको पूँजीलाई परिचालन गरी स्वदेशमा नै केही गर्ने वातावरण सृजना गर्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा संस्थाकी प्रमुख सल्लाहकार चित्राकुमारी थाम्सुहाङ सुब्बाले संस्था यहाँसम्म आइपुग्न सञ्चालक समिति र कर्मचारीको अथक मेहनतका साथै  शेयर सदस्यहरुको विश्वास र भरोसा मुख्य रहेको बताइन् । उनले । पछिल्लो समय घरपरिवार, चिया पसल, सडक र सदनसम्म सहकारीका समस्याको कुरा उठिराखेको भए पनि समुदाय र सदस्य केन्द्रीत सहकारीमा कुनै समस्या नभएको बताइन् ।

संस्थाले यस बर्षबाट सुयोग्य सम्मान कार्यक्रमको थालनी गरेको प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले जानकारी दिए । २०६४ साल फागुन २१ गते  स्थानीय २७ जना शेयर सदस्यहरुको अग्रसरतामा २ लाख ७० हजार शेयर पूँजीबाट सुरु भएको संस्था स्थापनाकालदेखि नै मितव्ययीरुपमा सञ्चालन गरेकाले निरन्तर नाफामा रहेको बताए । संस्थाले समुदाय र सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गरेकाले सहकारी क्षेत्रमा आएको वित्तीय संकटको बेलामा पनि सदस्यको विश्वास नगुमेको प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए ।

सदस्यबाट संकलन भएको पूँजीलाई सदस्य माझ परिचालन गरी उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले सघाउँदै आएको उनको भनाई छ । संस्था सदस्यप्रति समर्पित भएको र वार्षिक रुपमा सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।

संस्थाको शेयर पूँजी ३ करोड १० लाख, १ हजार ६ सय, जगेडा कोष २ करोड ५८ लाखको हाराहारीमा रहेको जनाइएको छ । संस्थाको कूल सम्पत्ति ३७ करोड रहेको र निकट भविष्यमा नै जगेडा कोष १० प्रतिशत पुर्याउने लक्ष्यका साथ लागि परेको उनले बताए । सदस्यहरुलाई हरेक बर्ष संरक्षित पूँजी फिर्ता कोषबाट रकम फिर्ता गर्नुका साथै बचत ऋणसँगै मृत्यु राहत, घातक रोग उपचार खर्च, जेष्ठ सदस्य सम्मान र बाल सदस्यलाई जन्म दिनमा केक उपहार दिने गरेको जनाइएको छ ।



Leave a comment