काठमाडौं । काठमाडौं सितापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले नारी दिवसको अवसर पारेर वित्तिय सचेतना कार्यक्रम गर्नेभएको छ । संस्थाले फागुन २३ गते शुक्रबार ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सदस्यलाई वित्तिय सचेतना कार्यक्रम गर्ने भएको हो ।
संस्थाले नारी दिवसको अवसरमा लेनदेन तथा बैंकिङ कसुर सम्वन्धि सदस्यलाई सचेतना कार्यक्रम गर्ने तयारी रहेको संस्थाकी अध्यक्ष एबि महर्जनले जनाइन् । उनले कार्यक्रममा सहकारीकर्मी तथा अधिवक्ता नानीमैयाँ महर्जनले सहजीकरण गर्ने जनाइन् ।
साथै उक्त दिन संस्थामा नवप्रवेसी सदस्यहरुलाई स्वागत कार्यक्रम पनि रहेको जानकारी दिइन् । महिलाहरुले सहकारीका साथै अन्य वित्तिय संस्थामा वित्तिय कारोबार गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका लागि कार्यक्रम गरिएको उनको भनाइ छ।
Leave a comment