हाइलाइट

किसान सहकारीका सदस्यलाई १ लाख ३७ हजार राहत

किसान सहकारीका सदस्यलाई १ लाख ३७ हजार राहत :: Sahakari Akhabar

काठमाडौं । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई १ लाख ३७ हजार राहत उपलब्ध गराएको छ । संस्थाले सुखड सेवाकेन्द्र अन्तरगत शेयर सदस्य स्व.पुनसिया देवी चौधरीको परिवारलाई उक्त राहत रकम उपलब्ध गराएको हो।

सदस्य पुनसिया देवी चौधरीको असामहिक निधन संस्थाले उनको श्रीमान भेवीलाल थारुलाई सदस्य सुरक्षण कोष बाट उक्त रकमको चेक हस्तान्तरण गरेको छ ।

संस्थाले गरेको राहत बितरण कार्यक्रममा सुखड शाखा प्रमुख जनकराज ढुंगाना र घोडाघोडी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर चौधरी तथा समाजसेवीलगायत शेयर सदस्यहरुको सहभागितामा राहत रकम उपलब्ध गराइएको जनाइएको छ ।



Leave a comment