हाइलाइट

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको आग्रह

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको आग्रह :: Sahakari Akhabar

काठमाडौं । कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघले सरकारसंग आग्रह गरेको छ । दुग्ध क्षेत्रमा देखिएका चुनौती समस्या र समाधान विषयक अन्तरकृया गोष्ठी गरी संघले कच्चा दूध आयात रोक्न आग्रह गरेको हो ।

केन्द्रीय संघले चितवनमा दुईदिने दुग्ध क्षेत्रमा देखिएका चुनौती समस्या र समाधान विषयकमा  अन्तरकृया गरेको थियो। पूर्व मेची देखि पश्चिम महाकाली सम्मका दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चितवनको सौराहामा फागुन १२ र १३ गते भएको छलफलमा ७ बुँदे ऐक्यवद्धता समेत ब्यक्त गरिएको छ ।

सात बुँदे ऐक्यवद्धता

१, कच्चा दूध बोर्डर क्षेत्रबाट आयातलाई केन्द्रीय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध सहकारी संघ संस्थाहरुले विशेष निगरानी गरी बन्द गराउने प्रतिवद्धता गरीयो ।
२, हालसम्म लामो समय देखी कृषकहरुको भुक्तानी नदिने निजी डेरी उद्योगी र दुग्ध विकास संस्थानले नदिइएका कारणबाट भुक्तानीको लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई अनुरोध गर्ने अन्यथा केन्द्रीय दुग्ध सहकारी संघ आन्दोलित रहने ।
३, कृषि मन्त्रालय र केन्द्रीय दुग्ध सहकारी संघ बीच ११ बुदे समझदारीमा भएको प्रतिबद्धता र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न गराउन यथाशिघ्र कार्यान्वयनका लागी दबाब दिने ।
४, कृषकहरुको भूक्तानी नगरेमा र दूध बन्द (मिल्क होलिडे) विभिन्न बहानामा प्राइभेट डेरी उद्योगी र दुग्ध विकास संस्थानबाट भएमा किसानहरुको दुग्ध पेशालाई स्थायित्व गर्न अन्य बाह्य उद्योगीको विकल्प समेत खोजी गर्ने ।
५, कृषकहरुलाई दूध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान ससर्त रुपमा दिन सरकारलाई ध्यनाकर्षण गराउने ।
६, बागमती प्रदेशमा प्रदेशबाट निर्माण भएको धुलो दूध उद्योग प्रदेश सरकार र सहकारी साझेदारीमा संचालन गर्न अनुरोध गर्ने।
७, देश दुग्ध क्षेत्रमा आत्मनिर्भर भएको हुँदा यसलाई आयात मात्र होइन निर्यात पनि गर्न सक्ने अवस्था भएको हुँदा यस क्षेत्रलाई स्थायीत्व प्रदान गर्न सर्वसम्पन्न आयोग बनाउन सरकारलाई ध्यानाकर्षण गराउने ।



Leave a comment