काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको जनाएको छ । संस्थाको मुख्य कार्यालय मैनापोखरीमा दुई दिने कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
कर्मचारीको क्षमता अभिवृद्धि गरी सदस्यहरुलाई प्रभावकारी र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले तालिम गरेको गरेको संस्थाका अध्यक्ष माधवप्रसाद दहालको भनाइ छ । संस्थालाई सवल बनाउन र सदस्यहरुलाई प्रभावकारी सेवा दिन कर्मचारीहरुलाइ तालिम महत्वपूर्ण भूमिका रहने अध्यक्ष दाहालले बताए ।
कर्मचारी दक्ष भए भने मात्र सदस्यहरुले चाहेको सेवा प्रदान गर्न सक्छन्, सोही कुरालाई आत्मसात गर्दै संस्थाले तालिमको आयोजना गरेको अध्यक्ष दहालले भने । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले गरेका थिए । उनले सहभागिहरुलाई सहकारीको व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिए ।
Leave a comment