काठमाडौं । किसान बहुउद्देश्यीय सहरकारी संस्थाले सदस्य सुरक्षण कार्यक्रमको विमा रकम हस्तान्तरण गरेको छ । संस्थाको डडेल्धुराको स्थित आलिताल शाखाले ऋणी सदस्यलाई सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत विमा रकम हस्तान्तरण गरेको हो ।
आलिताल गाउपालिका वडा नं ३ बण्डलेका कृष्णसिँह धामीलाई विमा बापतको ६ लाख २५ हजार रुपैया भुक्तानि गरेको छ । संस्थाका सदस्य गौरादेबी धामीको यही मंसिर २८ गते दुर्घटनामा परी निधन भएपछि ऋण लिँदा संस्थाले गरिदिएको विमा बापतको रकम हस्तान्तरण गरेको हो । साथै संस्थाले अन्य सुविधाको रकम पनि मंगलबार एक कार्यक्रमका गरी हस्तान्तरण गरेको हो ।
सदस्य स्वर्गिय गौरादेबी धामीको घरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरि संस्थाका अमरगढी ईलाका प्रमुख भोजराज भट्टराई र आलिताल गाउपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर बुढाले गौरा देवीका श्रीमान कृष्ण सिँह धामीलाई चेक हस्तान्तरण गरेका थिए ।
सदस्यकोलागि विभिन्न सेवा सुविधा दिंदैआएको संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार ४ करोड ७८ लाख ८७ हजार, जेगेडा कोष ३५ करोड ७२ लाख २७ हजार र विभिन्न कोषमा ७३ करोड ७० लाख ९९ हजार रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको बचत ४ अर्ब ३३ करोड २० लाख ५२ हजार रुपैंयाँ र ऋण लगानी ४ अर्ब ८४ करोड २० लाख ५ हजार रुपैंयाँ रहेको जानइएको छ । संस्थामा ८६ हजार ८१२ जना सदस्य तथा २९ हजार ९२० जनाले ऋण सेवा लिएका छन् । संस्थाको ६ अर्ब ४१ करोड ५० लाख ६४ हजार सम्पत्ति रहेको छ । संस्थामा २८६ जना कर्मचारी कार्यरत रहेका छन् भने, ४० वटा सेवाकेन्द्र बाट सदस्यलाई सेवा दिइरहेको जनाइएको छ ।
Leave a comment