काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्मन्न भएको कार्यक्रमको प्रमुख अथिति पनौति नगरपालिकाका प्रमुख रामशरण भण्डारी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले पछिल्लो समय सहकारी संस्थाप्रति विश्वास घद्दै गएको भएपनि बिन्धवासिनी साकोसले आफ्नो छवि र पहिचानलाई थप उचाई पुर्याउन सकेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको चुनौतिहरुको सामना गर्दै बिन्धवासिनीले थुप्रै उपलब्धी हासिल गर्न सकेको बताए ।
कार्यक्रममा बनेपा नगरपलिका वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य तथा संस्थाका पूर्व अध्यक्ष राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघका अध्यक्ष प्रदिप थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थामा नियमित ऋण कारोबार गर्ने थप ५१ जना सदस्यलाई असल ऋणी सदस्य सहुलियत परिचयपत्र वितरण गरेको थियो । त्यसैगरी कार्यक्रममा ६ जना सदस्यका छोराछोरीलाई दलित छात्रवृत्ति प्रदान गरेको थियो ।
सोही अवसरमा उत्कृष्ट सेवा कार्यालय पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केवी लामा स्याङतानलाई संस्थाले दीर्घसेवा पदकबाट सम्मान गरेको छ ।
त्यसैगरी कार्यक्रममा आर्थिक बर्ष २०८० / ८१ को उत्कृष्ट कर्मचारीहरु र उत्कृष्ट सेवा कार्यालयलाई नगद सहित सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीमा तेस्रो तहदेखी पाँचौं तह तर्फ बनेपा सेवा कार्यालयका ऋण सहायक जयराम मानन्धरलाई सम्मान गरेको छ ।
छैटौं तहदेखि आठौं तह तर्फ भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठ पुरस्कृत भएका छने भने पनौति सेवा कार्यालय उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएको छ । यसै अवसरमा संस्थाले रक्तदानलगायतका कार्यक्रमहरु पनि गरेको थियो ।
समूहगत र क्षेत्रगत अवधारणामा संचालित संस्थाले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै ६९ हजार भन्दा वढी सेवाग्राहीलाई सेवा प्रदान गर्न सफल भएको जनाइएको छ ।
यस अवधिमा कुल कारोबार ५ अर्व १६ करोड पुर्याएको प्रमुख कार्यकारी अधिकृत लामा स्याङतानले जानकारी दिए । संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल उनले जनाए ।
संस्थाले स्थापना दिवसको अवसरमा सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै सदस्य विस्तारित भेला तथा विभिन्न सामुदायिक कार्यहरु समेत सम्पन्न गरिसकेको जनाइएको छ।
आगामी दिनमा जेष्ठ सदस्य तिर्थयात्रा, समिति उपसमिति क्षमता विकास तालिम एवं अध्ययन अवलोकन भ्रमण, शैक्षिक बाल बचत कर्तालाई अध्ययन अवलोकन भ्रमण, युवा भेला लगायत शिक्षा तथा सीपमुलक तालिम संचालन गर्ने संस्थाले जनाएको छ ।
Leave a comment