काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले नेपाल राष्ट्र बैंकलाई सुझाव बुझाएको छ । संघले सहकारी संघसंस्थाका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन तथा मापदण्डका विषयमा धारणा बुझाएको छ।
राष्ट्र बैंकले गत पौष २९ गते सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्डका वारेमा सहकारी संघ संस्थाहरुबाट राय तथा सुझाव माग गरेको थियो।
सोही अनुरुप बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्डका सम्बन्धमा बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको साझा धारणा बुझाएको हो ।
बागमती प्रोस्कूनको तर्फबाट संघको अध्यक्ष उद्धव सापकोटाले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई सुझाव बुझाएका थिए ।
त्यस अवसरमा राष्ट्र बैंकले जारी गर्नका लागि तयार गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्डले सहकारी अभियानमा पार्ने प्रभाव र सुधार गर्नु पर्ने कारणका सम्बन्धमा ।छलफल गरिएको थियो ।
सोहीअवसरमा संघका महासचिव गोविन्द्रप्रसाद काफ्ले, सचिव ठाकूरप्रसाद बाँस्कोटा, कोषाध्यक्ष प्रदिप थापा र प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको उपस्थिति रहेको थियो । उक्त भेटघाटमा राष्ट्र बैंकको तर्फबाट मस्यौदा समितिको संयोजक रामशरण खरेल र सदस्य सचिव शान्ता गिरीको पनि उपस्थिति रहेको थियो ।
Leave a comment