काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गरेको छ । संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र अवस्थाको बारेमा गोष्ठीको आयोेजना गरी छलफल गरेको हो ।
संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको समिक्षा गोेष्ठीको संचालन सचिव नारायण बहादुर कार्कीले गरेका थिए । गोष्ठीमा कोषाध्यक्ष भिमसेन थापाले स्वागत मन्तव्य राखेका थिए । गोष्ठीमा सहकारी अध्यादेश २०८१ र राष्ट्र बैंकद्वारा जारी बचत तथा ऋण सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डका विषयमा अध्यक्ष थापाले प्रस्तुतिकरण गरेका थिए ।
त्यसैगरी संस्थाको आर्थिक अवस्था तथा गतिविधिहरूको समिक्षा सहितको प्रस्तुतिकरण व्यवस्थापक रमेशकुमार उदाशले गरेका थिए । सहकारी संस्था अन्तर्गत काम, कर्तव्य र अधिकारको बारे सहायक व्यवस्थापक रामचन्द्र बुढाथोकी र सल्लाहकार जगन्नाथ दाहालद्वारा संस्थालाई सुझाव तथा मार्गदर्शन दिएका थिए ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमले संस्थालाई अझ प्रभावकारी, पारदर्शी, र सदस्यहरूमा उत्तरदायी बनाएर लैजान मार्गदर्शन गरको संस्थाले जनाएको छ ।
Leave a comment