हाइलाइट

शुभकामना साकोसको अर्धवार्षिक गोष्ठी सम्पन्न

शुभकामना साकोसको अर्धवार्षिक गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक गोष्ठी सम्पन्न गरेको छ । संस्थाले मुख्य कार्यालय सूर्यविनायकमा  संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा अर्धवार्षिक गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा अध्यक्ष रामप्रसाद कासुला र प्रमुख सल्लाहकार बालमुकुन्द सुवालद्धारा संस्थाको प्रगति प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन बिमोचन गरिएको थियो। कोषाध्यक्ष धर्मरत्न शाक्यले संस्थाले लिएको लक्ष्य र प्राप्तिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको अनुमानित कारोबारमा शतप्रतिशत लक्ष्य प्राप्ति भएको र  ७५ प्रतिशत आम्दानीको लक्ष्य हासिल गरेको उनले बताए । संस्थाका सचिव पुष्पलाल तिमिलाले विगतमा सम्पन्न भएका कार्यक्रमहरु र आगामी दिनमा गर्न बाँकी कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

ऋण संयोजक नारायण बहादुर बासुकलाले हालसम्मको ऋण लगानी र असुलीको अवस्था बारेमा जानकारी गराएका थिए । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले समग्र वित्तीय उपलब्धी सहितको   समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

अध्यक्ष कासुलाले हाल सहकारीको अवस्था बारे स्पष्ट पार्दै अध्यादेशमा आएका केही बुँदाहरुमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको जनाए । संस्थाका उपाध्यक्ष निर्मला सुवाललेसंस्थाको वार्षिक कार्यक्रम अन्तरगत  आर्थिक कारोबारलाई पारदर्शिता कायम राख्न समेत कार्यक्रमको आयोजना  गरेको बताइन् ।



Leave a comment