काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । संस्थाले वित्तीय कारोबार भने २०६७ साल बैशाख ४ गतेबाट सुरु गरेको थियो ।
संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले सदस्यहरुको बचतलाई सुरक्षित रुपमा परिचालन गरी उनीहरुको जीवनस्तर उकास्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘सामाजिक विकास र आर्थिक सम्बृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुबीच बचत तथा ऋणको कारोबारसँगै सामाजिक काम गर्दै आएको अध्यक्ष कार्कीको भनाइ छ । संस्थाले सदस्यहरुको आवश्यकता अनुसार ऋण उपलब्ध गराई सदस्य कै जीवनस्तर सुधार गर्ने महत्वपुर्ण प्रयास गरिरहेको उनले जनाए ।
१५ औं वार्षिकोत्सवको अवसरमा संस्थाले प्रतिवद्धता ब्यक्त गर्दै भनेको छ, ‘संस्थाले विगतलाई समिक्षा गर्दै, वर्तमानलाई समृद्ध बनाउँदै, भविष्यलाई सुनिश्चित बनाउने ध्येय अनुरुप वर्तमानमा आफ्नो वित्तीय संरचनालाई दर्बिलो बनाउदै सदस्यहरुको विश्वासलाई प्रतिबिम्वीत गरेकोमा हर्षित एवं गौरवान्वित छौं । वर्तमान परिवेशमा सहकारी क्षेत्रमा रहेको विविध उतारचढावका बीच संस्थामा सदस्यहरुको अटुट् माया, विश्वासले संस्थाको आधारलाई थप मजबुद बनाउनुमा यहाँहरुको योगदानको कदर गर्दै सम्मान व्यक्त गर्दछौ ।’
संस्थाले आगामी दिनमा संस्था र सदस्यको भविष्यलाई सुनिश्चित गर्न र सदस्यको हितलाई मध्येनजर गर्दै समर्पित हुने प्रतिबद्धता व्यक्त समेत गरेको छ । संस्थामा ६ हजार २ सय ५३ जना सदस्य आवद्ध छन ।
Leave a comment