काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन बितरण गरेको छ । संस्थाले माग २५ गते संस्थामा एक कार्यक्रम आयोजना गरि ५६ जना सदस्यहरुलाई पेन्सन बितरण गरेको हो।
संस्थामा नियमित बचत खातामा पन्ध्र वर्ष मासिक रुपमा बचत गरेका सदस्यहरुले पेन्सन प्राप्त गरेका छन् । संस्थाले बचत गर्ने वानीको विकास गराउदै पन्ध्र वर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पेन्सन वितरण गरेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए ।
उनले बचतको मापदण्ड पुगेका सदस्यहरुलाई पेन्सन वितरण गरिएको र त्रैमासिक रुपमा सदस्यहरुलाई पेन्सन उपलब्ध गराउने जनाए । अध्यक्ष पाठकले बचत नै सुरक्षित भविष्यको आधार रहेको भन्दै सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ पेन्सन कार्यक्रमको अवधारणा ल्याइएको जनाए ।
संस्थाले जेष्ठ सदस्य मधुसुधन उपाध्यायबाट पेन्सन वितरणको सुरुवात गरिएको थियो । पेन्सनसँगै सदस्यहरुले दशैंको समयमा थप एक महिनाको पेन्सन बराबरको रकम, गणेशमान सिं अस्पतालमा एकपटक निःशुल्क स्वास्थ्य जाँच, शारिरिक अंगभंग भएमा तोकिएको सुविधा समेत प्राप्त गर्ने संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी दिइन ।
संस्थाका सचिव लोचनहरि प्रसाईंले संचालन गरेको कार्यक्रममा आवद्धता बारे संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले प्रस्तुती गरेका थिए ।
बचत गर्नु राम्रो, पाँच तारा साकोसमा गर्नु झनै राम्रो भन्ने मूल नाराका साथ २०६४ साल चैत्र २० गते दर्ता भई २०६५ बैशाख १ बाट कारोबार सुचारु गरेको संस्थामा हाल २ हजार १७७ जना शेयर सदस्य रहेका छन् भने संस्थाको कूल सम्पत्ति एक अर्व पाँच लाख रहेको छ ।
Leave a comment