काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि फार्म संचालन गर्ने भएको छ । संस्थाले काठमाडौंको बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिकामा कृषि फर्म संचालन गर्ने भएको हो । संस्थाले उक्त क्षेत्रभित्र कम्तिमा २० रोपनीसम्म जग्गामा फैलिएको कृषि फार्म भाडामा दिन चाहने संघ संस्थाहरुलाई सूचना प्रकाशन गरेको छ ।
विषेशगरि संस्थाले कृषि फार्मका साथै कृषि श्रोतकेन्द्रका रुपमा संचालन गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत सिताराम काफ्लेले जनाए । उनले बुढानीलकण्ठ, टोखा, तारकेश्वर र दक्षिणकाली नगरपालिका भित्र संचालन वा बन्द रहेका कृषि फार्महरु संस्थालाई भाडामा उपलब्ध गराउन सकिने बताए ।
संस्थाले मुक्तिनाथ कृषि कम्पनि संगको सहकार्यमा कृषि श्रोतकेन्द्र स्थापना गर्ने र कृषिमा आधुनिकिकरणका लागि फार्म संचालन गरिने जनाए । प्रमुख कार्यकारी अधिकृत काफ्लेले श्रोतकेन्द्रमा कृषिको आधुनिकीकरणका लागि कृषि औजार, मल बीउ बिजन उपलब्ध गराउनुका साथै कृषि तालिमको पनि ब्यवस्था गरिने जनाए ।
यसकालागि संस्थाले उक्त क्षेत्रमा जग्गा तथा फर्म भाडामा दिन चाहने व्यक्ति तथा फर्म वा कम्पनीहरुले जग्गाको लालपुर्जाको कपी, फिल्ड नक्सा तथा जग्गाको भाडा र मूल्य तोकी ७ दिन भित्र संस्थामा निवेदन दिन सकिने बताए । उनले संस्थाको प्रधान कार्यालय वा सेवा केन्द्रहरुमा सम्पर्क राखी निवेदन पेश गर्न सकिने समेत जनाए ।
Leave a comment