काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम गरेको छ । ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने नाराका साथ स्थापित संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा मोटिभेटर अरुण कुमार श्रेष्ठले जीवनको बाटो सम्वन्धि उत्प्रेरणात्मक प्रशिक्षण दिएका थिए । यसैगरी संस्थाका सल्लाहकार चित्राकुमारी थाम्सुहाङ सुव्वाले वित्तीय साक्षरता सम्वन्धी सहजीकरण गरेकी थिइन् ।
उनले वित्तीय स्वतन्तत्राका लागि पारिवारिक वजेट, वचत र लगानीवारे प्रष्ट पार्दै बैंक वित्तीय संस्थामा जोखिम सिर्जना भएको हालको सन्दर्भमा उपयुक्त वित्तीय सेवा प्रदायक संस्था छनौटमा ध्यान दिन सुझाव दिएकी थिइन् ।
कार्यवाहक अध्यक्ष टेकबहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
प्रमुख कार्यकारी अधिकृत कार्की र सूचना प्रविधि तथा वित्त सहायक साप्चुहांग तुम्वाहाम्फेले संस्थाको मोवाइल बैंकिग प्रयोगका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका एक सय जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो । सोही अवसरमा संस्थाको स्वीकृत सदस्य राहत प्रदान सम्वन्धि कार्यविधि वमोजिम मृगौला पिडित सदस्यद्धय पुष्षा चौधरी श्रेष्ठ र हिरामाया श्रेष्ठलाई प्रति सदस्य २५ हजारका दरले सदस्य राहत वितरण गरिएको थियो ।
Leave a comment